दिदीको घर हिँडेकी नाबालिका बाटोमै बलात्कृत
बाग्लुङ | जेठ ३१, २०७९
बागलुङ : नाबालिकालाई बलात्कार गरेको आरोपमा बागलुङमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।
प्रहरीले बरेङ गाउँपालिका–३ का २४ वर्षीय अनिल श्रीषलाई पक्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार यही जेठ २७ गते बालिका दिदीको घर जाँदै गर्दा उनलाई डरधम्की देखाएर बाटोमै बलात्कार गरेका थिए ।
पीडित पक्षले जेठ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि श्रीषलाई पक्राउ गरेको हो । आरोपितलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

